१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १३ बुधबार
  • Tuesday, 02 July, 2024
२o८o बैशाख १३ बुधबार २o:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

जुम्लामा भेटियो सकेट बम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १३ बुधबार २o:१४:oo

जुम्लाको तातोपानी गाउँपालिका - ४ गौतमबाडामा सकेट बम भेटिएको छ । 

स्थानीय लक्ष्मीप्रसाद गौतमको दाउरा राखिएको स्थानमा सकेट बम भेटिएको हो । बम देखेपछि स्थानीयले हाँकुस्थित प्रहरी चौकीलाई खबर गरेका थिए । 

अहिले बम भेटिएको स्थानमा सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक राजेन्द्र गिरी नेतृत्वमा टोली खटिएको छ । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीका अनुसार उक्त ठाउँ सिल गरेर थप सुरक्षा प्रदान गरिएको छ । स्थानीयलाई बम भेटिएको स्थान वरपर जान दिइएको छैन । 

साथै, अनुसन्धान गरी डिस्पोज गर्न नेपाली सेनालाई खबर गरिएको प्रहरीले जनाएको छ । सकेट बम भोलि बिहान निष्क्रिय गर्ने तयारी गरिएको छ ।

सो सकेट बम द्वन्द्वकालमा छोडिएको बम हुन सक्ने अनुमान गरिएको छ । केही वर्षअघि पुराना घर भत्काउने क्रममा बेवारिसे बम विस्फोट हुँदा एक महिला घाइते भएकी थिइन् ।

ad
ad
ad
ad