१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १३ बुधबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १३ बुधबार ११:५९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महेन्द्रनगरमा एनओजी राइड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १३ बुधबार ११:५९:oo

टिभिएस मोटर कम्पनीका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले महेन्द्रनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । राइड टिभिएसको महेन्द्रनगरमा रहेको डिलर महामाया ट्रेड एन्ड सप्लायर्सबाट सुरु भएर दोधारा–अतिथि रिसोर्ट पुगेर समापन भएको हो । 

राइडमा सहभागीबीच विभिन्न गेमहरू पनि खेलाइएको कम्पनीले जनाएको छ । साथै, सहभागी सम्पूर्ण राइडरहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको जनाइएको छ ।

करिब ५० जना राइडरहरू सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाबारे जानकारी प्रदान गर्नुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको जनाइएको छ ।