१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १३ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १३ बुधबार ११:५५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्रका समस्या र रोजगारीबारे श्रममन्त्रीसँग परिसंघको छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १३ बुधबार ११:५५:oo

नेपाल उद्योग परिसंघले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगार क्षेत्रका विषयमा छलफल गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार मन्त्री भण्डारीलाई बधाई तथा शुभकामना दिँदै विद्यमान अर्थतन्त्र र समस्या समाधानका विषयमा छलफल गरेको हो । 

परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचनका उद्योगी–व्यवसायी नाजुक अवस्थामा रहेको बताए । उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावलगायतका कारणले उद्योगी–व्यवसायीको मनोबल निकै खस्किएको र अर्थतन्त्र सुधारका लागि उद्योगी–व्यवसायीहरूको मनोबल बढाउन आवश्यक रहेको उनको भनाइ थियो । हालको अवस्था थप लम्बिएको अवस्थामा श्रम कटौती गर्नुपर्ने अवस्था आउनेतर्फ उनले मन्त्री भण्डारीको ध्यानाकर्षण गराए । 

अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने, खुम्चँदो माग बढाउन हाल लागू गरिएको नीतिगत व्यवस्थामा केही लचकता अपनाइनुपर्ने, अवैध कारोबार रोक्न सीमा क्षेत्रमा कडाइ गरिनुपर्नेलगायतका विषयमा जोड दिएको परिसंघले जनाएको छ । यसैगरी, परिसंघले श्रमिकहरूको उत्पादकत्व बढाउन १० प्रतिशतसम्म हायर एन्ड फायरको व्यवस्था गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको छ । मेक इन नेपाल स्वदेशी अभियान, अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने सुझावसहितको परिसंघको रिबुटिङ नेप्लिज इकोनोमी अवधारणामा छलफल भएको जनाइएको छ ।  

छलफलमा मन्त्री भण्डारीले अर्थतन्त्रमा सुधार ल्याउन परिसंघको सुझाव मननयोग्य रहेको भन्दै पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिएको जनाइएको छ । छलफलमा वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, परिसंघ रोजगारदाता परिषद् सभापति अमित बेगानी, परिसंघ राष्ट्रिय परिषद् सदस्य अमित मोर, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी रहेको परिसंघले जनाएको छ ।