१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ११ सोमबार
  • Friday, 09 May, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ११ सोमबार १९:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ११ सोमबार १९:४o:oo

वर्षा र सहकालका देवता मानिने रातोमत्स्येन्द्रनाथको रथयात्रा आजबाट सुरु भएको छ । 

मत्स्येन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ। मत्स्येन्द्रनाथको रथयात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ।

जात्राको पहिलो दिन ललितपुरको पुल्चोकस्थित मत्स्येन्द्रबहालमा रहेको रथलाई तानेर गाःबहालमा पुर्‍याइएको छ। 

रथयात्रा गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ। यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ।

आज रथ तान्नुअगाडि गुरुज्यूको पल्टनबाट सलामी दिइएको थियो। यो जात्रालाई पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ। 

पौराणिक किंवदन्तीअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरु गराएका थिए।

हिन्दु धर्मावलम्बी मत्स्येन्द्रनाथलाई ऐतिहासिक करुणामयको रूपमा पूजा गर्छन्। यस्तै, बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ अर्थात् पञ्च बुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन्।