मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ११ सोमबार
  • Wednesday, 18 December, 2024
नवीन गुरुङ संखुवासभा
२o८o बैशाख ११ सोमबार o८:३९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

किमाथांका नाका चाँडो खोल्न माग

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८o बैशाख ११ सोमबार o८:३९:oo

संखुवासभाको चीनसँग जोडिएको किमाथांका नाका चाँडो सञ्चालन गर्न संखुवासभाका जनप्रतिनिधिहरूले परराष्ट्रमन्त्रीसमक्ष माग गरेका छन् । संखुवासभाका प्रतिनिधिसभा सांसद दीपक खड्का नेतृत्वको टोलीले परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदलाई भेटेर किमाथांका नाका चाँडो सञ्चालनका लागि कूटनीतिक पहल गर्न आग्रह गरेका हुन् ।

‘संखुुवासभाको सदरमुकाम खाँदबारीबाट किमाथांका पुग्न सात दिन लाग्छ, बर्खाको समयमा खाद्यान्न लैजानसमेत समस्या हुन्छ, चीनबाट खाद्यान्न ल्याएर जीवन निर्वाह गर्नुपर्ने भएकाले त्यहाँका जनतालाई भोकमरी लाग्ने अवस्था सिर्जना नहोस्,’ उनले भने । 

संखुवासभाका प्रदेश सभा सदस्य राजेन्द्र कार्कीले किमाथांका नाका सञ्चालन नहुँदा ६ हजार जनसंख्या रहेको भोटखोला गाउँपालिकाका जनताले सास्ती खेप्नुपरेको बताए । उनले देशको पूर्वी क्षेत्रको व्यापारका लागि महत्वपूर्ण नाकालाई यथाशीघ्र सञ्चालन गर्न मन्त्रीसमक्ष आग्रह गरे ।  

भेटमा परराष्ट्रमन्त्री साउदले सरकारले संखुवासभाको किमाथांका नाका सञ्चालन गर्न उच्च प्राथमिकता दिएको बताए । उनले दुईपक्षीय व्यापार सम्बन्धमा समेत यो नाकाले महत्वपूर्ण भूमिका खेलेको जनाउँदै उक्त नाका चाँडो सञ्चालन गर्न आवश्यक पहल भइरहेको स्पष्ट पारे । 

किमाथांका ०७६ साल माघ ५ गतेदेखि चीन सरकारले बन्द गरेको हो । कोरोना भाइरसको महामारी फैलिन सक्ने भन्दै नाका बन्द गरिएको हो । सीमानाका खुला हुँदा भोटखोला गाउँपालिकाका स्थानीयहरू दैनिक उपभोग्य वस्तुदेखि विभिन्न सामानहरूसमेत आयात–निर्यात गर्दै आएका थिए । यसअघि पनि पटक–पटक किमाथांका नाका खुलाउन जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठक, जनप्रतिनिधिहरूले मन्त्रालय धाउँदै आएका छन् ।