Skip This
रविप्रति बाबुरामको टिप्पणी- यस्ता चटके, जसको कुनै सिद्धान्त छैन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ९ शनिबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ९ शनिबार १७:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रविप्रति बाबुरामको टिप्पणी- यस्ता चटके, जसको कुनै सिद्धान्त छैन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ९ शनिबार १७:o२:oo

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको बताएका छन्।
 
शनिबार नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्टीकरण भइसकेको उल्लेख गर्दै  दक्षिणतिर गम्भीर तरिकाले प्रतिगमनरूपी हावा बगिरहेको बताए। 

वैचारिक ढंगले अग्रगामी सोचका विरुद्धमा प्रतिगमनकारी हावा बगिरहेको भन्दै पछिल्लो अवस्थामा डरलाग्दो बनेर देखिएको उनको तर्क थियो। 

पूर्वप्रधानमन्त्री भट्टराईले देशभित्र पनि विभिन्न ढंगले चर्चाका आधारमा मात्रै नयाँ शक्तिहरूको उदय हुनु भनेको राम्रो संकेत नरहेको टिप्पणी गरे। 

उनले राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपा सभापति रवि लामिछानेप्रति इंगित गर्दै विचारधारा र सिद्धान्त नभएका मान्छेहरु राजनीतिमा आइरहेको बताए। लामिछानेले रातारात जादु गर्छुजस्तो गरी अभिव्यक्ति दिइरहेको भन्दै चटके मानिसहरूको बारेमा समाजले बेलैमा बुझ्न जरुरी रहेको बताए।