मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ९ शनिबार
  • Sunday, 22 December, 2024
२o८o बैशाख ९ शनिबार १५:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कैलालीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ९ शनिबार १५:o८:oo

कैलालीमा स्कारपियो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

गोदावरी नगरपालिका–५ गेटा ट्राफिक पोस्टनजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नं ११ बेलाका ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

स्कारपियोमा सवार अन्य पाँचजना घाइते भएका छन्। घाइतेमध्ये दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं २ का ४२ वर्षीय चालक तेजबहादुर पाल, धनगढी–६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, सोही ठाउँका ४८ वर्षीय वसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र ३६ वर्षकै अनु खाण चन्द रहेको प्रहरीले जनाएको छ।

घाइते सबैको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। हरिद्वारबाट आएको उक्त स्कारपियो अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ। रासस