मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o बैशाख ९ शनिबार
  • Saturday, 12 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ९ शनिबार १५:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सच्चा कम्युनिस्टहरू मिल्नुको विकल्प छैन : नेता नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ९ शनिबार १५:o५:oo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा विकृतिको भारी रहेको बताएका छन्। 
शनिबार काठमाडौंमा आयोजित कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले नेपालको कम्युनिस्ट आन्दोलनमा पनि विकृतिको चाङ रहेको दाबी गरे। कम्युनिस्ट आन्दोलनमा र राजनीतिमा व्यक्तिवादको रोग हाबी भएको उनको भनाइ थियो।

सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त रहेको बताउँदै उनले कम्युनिस्ट संस्कार अपनाउन बृहत् छलफल र बहस गर्न जरुरी रहेको औँल्याए। अध्यक्ष नेपालले सच्चा कम्युनिस्टहरू मिल्नुको विकल्प नरहेको जिकिर गरे।