ककनी गाउँपालिकाकाले पालिकामा कार्यरत जनप्रतिनिधि र कर्मचारीले अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको कार्यपालिका बैठकले पालिकादेखि वडास्तरका कर्मचारी,विद्यालयमा कार्यरत शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका कार्यकारी समितिका पदाधिकारीहरुले २०८० सालदेखि अनिवार्य रुपमा आफ्ना सन्तानलाई १ देखि १० कक्षासम्म सामुदायिक विद्यालयमा भर्ना गर्न निर्देशन दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए । बैठकले पालिकाको निर्णय अटेर गरेमा पालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधा रोक्का गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै पालिका बैठकले वडा नम्बर ३ मा रहेको मुकुण्देश्वरी माध्यामिक विद्यालयलई शैक्षिक सत्र २०८० देखि प्राविधिक धार(कक्षा १–१२) सिभिल इन्जिनियरिङ विषय संचालनका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । साथै २०७९ देखि कक्षा नौ को अनुमति लिई संचालिन अरुणोदय माध्यामिक विद्यालयलाई शैक्षिक सज्ञ २०८० देखि कक्षा १० को अनुमति प्रदान गर्ने निर्णय समेत गरेको छ ।