१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १७:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुत्केरीको मृत्युपछि ओम मेची अस्पताल तनावग्रस्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:o७:oo

दमक– ७ स्थित ओम मेची अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ। दमककी ३० वर्षीया रुबी साहको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो। 

४ वैशाखमा अस्पतालमा शल्यक्रियामार्फत छोरीलाई जन्म दिएकी रुबीको बुधबार बिहान मृत्यु भएको थियो।

ओम मेची अस्पतालमा रुबीको अवस्था चिन्ताजनक भएपछि बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा थप उपचारका लागि लगिएको थियो । तर, अस्पताल पुर्‍याउना साथ उनलाई चिकित्सकले मृत घोषणा गरेको श्रीमान् मनोज साहले जानकारी दिए।

‘अप्रेसनपछि श्रीमतीको प्रेसर अश्वाभाविक रूपमा बढ्यो । पहिला सुगर/प्रेसर थिएन । अहिले मात्र देखिएको हो । बुधबार चिन्ताजनक अवस्था भएपछि जबर्जस्ती रेफर मागेर बिएन्डसी लगेँ,’ उनले भने, ‘मुखबाट फिँज नै निस्किएको थियो । बिएन्डसी पुर्‍याउँदा धेरै अघि मृत्यु भएको भने। अस्पतालले प्रेसर बढेको छ भनेर अगाडि नै भनेका भए मृत्यु हुने थिएन। म राम्रो अस्पताल लैजाने थिएँ । यसमा अस्पतालको लापरबाही छ।’

सुत्केरी साहको मृत्युपछि अस्पतालमा शव राखेर आफन्तले प्रदर्शन गरेका छन्। उनीहरूको प्रदर्शनका कारण अस्पताल केहीबेर तनावग्रस्त बन्यो

साहलाई दमकको सरकारी अस्पताल दमक अस्पतालले उपचार प्रक्रिया नै नथाली ओम मेचीमा रेफर गरेको थियो । निजी अस्पताल ओम मेचीका सञ्चालक दमकका मेयर रामकुमार थापा पनि छन् । उनी दमकको सरकारी अस्पताल दमक अस्पतालका सञ्चालक समिति अध्यक्ष पनि हुन्।

अस्पतालका लगानीकर्ता मेयर थापाद्वारा पत्रकारलाई रोक

सरकारी अस्पताल दमक अस्पतालका अध्यक्ष तथा मेयर थापाले उनको निजी अस्पतालमा सुत्केरीको मृत्यु भएपछि उनी आफैँ अस्पताल सञ्चालकको रूपमा छलफलमा बसे । छलफलमा अस्पतालका सञ्चालक डुण्डीराज भण्डारी पनि थिए। 

यद्यपि, उपचारमा संलग्न डाक्टरविनै छलफल भइरहेको छ । भण्डारीले केहीबेरमा डाक्टरहरू पनि आउने बताए । मेयर थापाले छलफलमा भने पत्रकारलाई जान रोक लगाएका छन् । पीडित परिवारले अस्पतालको छलफलमा पत्रकारलाई पनि लैजानुपर्ने माग राखे पनि मेयर तथा अस्पताल सञ्चालक थापाले प्रहरीलाई निर्देशन दिएर पत्रकारलाई प्रवेश रोकेका हुन्। 

ad
ad