१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
दीपक भट्ट रामेछाप
२०८० बैशाख ६ बुधबार १३:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी जवान नै मोटरसाइकल चोरीमा संलग्न

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०८० बैशाख ६ बुधबार १३:१६:००

पार्किङ गरिराखेको मोटरसाइकल चोरी गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी जवान उपेन्द्रप्रसाद भण्डारी प्रकाउ परेका छन्।

दोलखा जिल्ला मेलुङ गाउँपालिका स्थायी घर भई हाल जिल्ला प्रहरी कार्यालय रामेछापमा सवारीचालक रहेका प्रहरी जवान भण्डारीले मन्थली नगरपालिका– १ का कपडा व्यवसायी रमेश नेपालीको पार्किङ गरिराखेको बागमती प्रदेश ०२–०२८प ०९०७  नम्बरको मोटरसाइकल वैशाख १ गते नयाँ वर्षको दिन राति चोरी गरेका थिए। मन्थली बजारको सडक किनारमा पार्किङ गरी राखेको मोटरसाइकल हराएपछि नेपालीले खोजबिनको लागि प्रहरीमा अनुरोध गरेका थिए।

मोटरसाइकल धनी नेपालीको उजुरीको आधारमा खोजबिनमा लागेको रामेछाप प्रहरीले हराएको मोटरसाइक मन्थली नगरपालिका–१ हाटेचौरमा एक घरको कोठाभित्र सबै पार्टपुर्जा झिकेको अवस्थामा फेला पारेको थियो। मोटरसाइकलको पाटपुर्जा मात्रै फेला पारेपछि प्रहरीले बजारको सिसिक्यामेराको फुटेज हेर्दा प्रहरी जवान भण्डारीले नै उक्त मोटरसाइकल चोरी गरेको देखिएपछि हिरासतमा लिई रामेछाप जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए।

‘हामीले सिसिक्यामेराको फुटेजको आधारमा पहिला प्रहरी जवान भण्डारीलाई सोधपुछ गर्यौं। सोधपुछको क्रममा उनले गल्ती स्वीकार गरे,’ उनले भने। जवान भण्डारीले मोटरसाइकलका सबै पाटपुर्जा झिकेर छुट्टाछुट्टै झोलामा राखेर मोटरसाइकल वर्कसपमा लैजान राखेको बताएपछि उनको कोठाबाट उक्त सामानसमेत बरामद भएको प्रहरी नायब उपरीक्षक पराजुलीले बताए।

यसअघि पनि सदरमुकाम मन्थली र आसपासका क्षेत्रमा पटकपटक मोरसाइकल चोरी भएका थिए । उक्त चोरीमा संलग्न कुनै पनि व्यक्तिलाई प्रहरीले प्रक्राउ गर्न सकेको छैन । यसअघि चोरी भएका सबै मोटरसाइकलमा प्रहरी जवान भण्डारीकै संलग्नता रहेको हुन सक्ने आशंका स्थानीय नागरिकले गरेका छन्।