१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार २o:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रविका सवारीचालकलाई थप उपचारका लागि काठमाडौं लगियो  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २o:४२:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारीचालक दिलबहादुर थापा (शम्भु)लाई काठमाडौं लगिएको छ। 

खुट्टा र टाउकोमा गम्भीर चोट लागेका उनलाई कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) बाट थप उपचाकारका लागि काठमाडौं लगिएको हो। 

रविका अनुसार थापाको स्वास्थ्य स्थिति स्थिर तथा सुधारोन्मुख छ। बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी थप उपचारका लागि चिकित्सकज्यूहरू तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकाेप्टरबाट काठमाडौंको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ, रविले भनेका छन्। 

थापा लामिछाने बस्दै आएको घरको तीन तलामाथिबाट सोमबार खसेको अवस्थामा फेला परेका थिए। यस घटनाको विषयमा प्रहरीले पनि अनुसन्धान गर्दै छ। 
 

ad
ad