१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ४ सोमबार
  • Monday, 01 July, 2024
२o८o बैशाख ४ सोमबार o८:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

वडाध्यक्ष वलीको घरबाट इटालियन पेस्तोल बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ४ सोमबार o८:o८:oo

वडाध्यक्षको घरबाट अवैध हतियार पेस्तोल बरामद गरिएको छ । रोल्पाको गंगादेव गाउँपालिका– ४ का ३३ वर्षीय वडाध्यक्ष कृष्ण वलीको घरबाट इटालीमा निर्मित ७.६५ अटो पेस्तोल र तीन राउन्ड गोली शुक्रबार बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले जानकारी दिए ।

अवैध हातहतियार लुकाइछिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय घर्तीगाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा घरको माथिल्लो तलामा माटोको डरीभित्र रातो बुट्टे रुमालजस्तो कपडाले बेरिएको अवस्थामा पेस्तोल फेला परेको प्रहरीको भनाइ छ । म्याग्जिनसहितको पेस्तोल थान एक र सोही कोठाको खाटमुनि चस्माको खोलभित्र तीन राउन्ड गोली फेला परेको थियो ।

पहिल्यै पक्राउ परेका थिए वडाध्यक्ष
वडाध्यक्ष कृष्ण वली गाउँपालिका अध्यक्ष हरिबहादुर पुनमाथि आक्रमण गरेको आरोपमा गत बिहीबार नै पक्राउ परिसकेका थिए । गाउँपालिकाको बजेट बाँडफाँटको विषयमा विवाद परेपछि वडाध्यक्ष वलीले गाउँपालिका अध्यक्ष पुन सवार रा.१झ १९१ नम्बरको स्कारपियो सरकारी गाडीमाथि तोडफोड गरेका थिए । गाउँपालिका बैठकमा केही कार्यपालिका सदस्य र वडाध्यक्ष कृष्ण वलीले लफडा गरेका थिए । गाउँपालिका अध्यक्ष हरिबहादुर पुन र वडाध्यक्ष कृष्ण वली दुवै नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

आरोपित वडाध्यक्ष कृष्ण वलीलाई आइतबार जिल्ला प्रशासन कार्यालय रोल्पाले १५ दिनका लागि म्याद थप गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (अभद्र व्यवहार)सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ भने पेस्तोल भेटिएपछि हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा जिल्ला अदालतबाट १४ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।
 

ad
ad
ad
ad