Skip This
भारतीय निर्माण कम्पनीका अलपत्र ठेक्का तोड्न मन्त्री ज्वाला र राजदूतबीच छलफल 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ३ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ३ आइतबार २२:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतीय निर्माण कम्पनीका अलपत्र ठेक्का तोड्न मन्त्री ज्वाला र राजदूतबीच छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ३ आइतबार २२:o२:oo

भारतीय लगानी र भारतीय निर्माण कम्पनीले जिम्मा लिएका तर लामो समय काम नगरी अलपत्र पारेका योजना तोड्ने विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री र भारतीय राजदूतबीच छलफल भएको छ।

आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच लामो समयदेखि अलपत्र योजना तोड्ने र पठनाह–विराटनगर, रक्सौल काठमाडौं रेल सेवा निर्माण र सञ्चालनका विषयमा कुराकानी भएको मन्त्रालयका सचिव केशव शर्माले बताए।  

भारतीय एक्जिम बैंकको लगानीमा केही योजनाहरू नेपालमा सञ्चालित छन्। ती योजनाहरू भारतीय निर्माण कम्पनीले सम्पन्न गर्ने ठेक्का पनि लिएका थिए। तर, लामो समयसम्म निर्माण हुन सकेका छैनन्। 

दाङको लमही–घोराही सडक खण्डको जिम्मा भारतीय कम्पनीले लिएको थियो। सडक निर्माण अलपत्र परेपछि ठेक्का तोड्ने मनसायमा नेपाल र भारत दुवै पुगेका छन्। 

मन्त्री ज्वाला र राजदूत श्रीवास्तवका बीच रक्सौल काठमाडौं रेल सेवा निर्माणका विषयमा पनि कुराकानी भएको छ। नेपाल सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको छ भने प्रधानमन्त्रीको भारत भ्रमणपछि यो आयोजनाले मूर्तरूप लिने आकलन गरिएको छ। 

भेटवार्तामा नेपाल भारत क्रस बोर्डर रेल सेवाका विषयमा पनि कुराकानी भएको छ। पठनाह–विराटनगर, न्यु जलपाइगुडी–काँकडभित्ता, जोगबनी–विराटनगर, जयनगर–जनकपुर, नौतनवा–भैरहवा, रुपैडिया–नेपालगन्ज क्रस बोर्डर रेल सेवाका विषयमा कुराकानी भएको सचिव शर्माले बताए। जयनगर-जनकपुर-कुर्ता खण्डको ३४ किलोमिटरमा रेल सेवा सञ्चालन भइसकेको छ।