१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २८ मंगलबार
  • Monday, 01 July, 2024
२o७९ चैत २८ मंगलबार o७:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

स्टारलाई नेपाल कप उपाधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २८ मंगलबार o७:१५:oo

स्टार क्रिकेट एकेडेमीले नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा कर्णाली क्रिकेट एकेडेमीलाई सात विकेटले पराजित गर्दै स्टारले उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ रोजेको कर्णालीले १९.१ ओभरमा १० विकेटको क्षतिमा ७२ रन जोडेको थियो । सहज लक्ष्य पछ्याएको स्टारले ९.५ ओभरमा तीन विकेट मात्र गुमाएर ७६ रनको योगफल तयार पार्‍यो । 

कर्णालीका विराट भण्डारीले २७ बलमा दुई चौकासहित सर्वाधिक १५ रन जोडेका थिए । रोशन शाहीले १० रन बनाए । अन्य कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् । स्टारका लागि ओपनर अनमोल श्रीषले ३० बलमा पाँच चौकाको सहयोगमा सर्वाधिक २५ रन बटुले । 

स्टारका अमर मिश्रले नौ बलमा समान दुई चौका र छक्काको सहयोगमा २२ रन बनाए । अंकित बिएमले नटआउट १४ र विशाल भुसालले ८ रन बनाए । खेलका म्यान अफ दी म्याच स्टारका सुमित पराजुलीले चार ओभरमा १९ रन खर्चंदै ३ विकेट हात पारेका थिए । स्टारका शुभम खनालले दुई विकेट हात पारे । 

अमर म्यान अफ दी सिरिज
कर्णालीका लागि भरत क्षेत्री, आदित्यविक्रम शाह र सन्दिप ठकुरीले समान एक विकेट लिए । लिग कम नकआउटका आधारमा चलेको यू–१९ क्रिकेटमा म्यान आफ दी सिरिजको उपाधि स्टारका अमर मिश्र भए । उत्कृष्ट ब्याट्सम्यानमा विराटसिंह भण्डारी र उत्कृष्ट बलर पोखरा क्रिकेट एकेडेमीका प्रदीप अर्याल ठहरिए ।

६ टोलीको सहभागिता रहेको प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाए । यसैगरी, म्यान अफ दी सिरिजले १० हजार रुपैयाँ पाए । उत्कृष्ट ब्याट्सम्यान र बलरले सात हजार रुपैयाँ पाएका छन् । यसैबीच, नेपाल कप यू–१९ को समापनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका करण केसी र यू–१९ का दुईजना खेलाडीलाई जनही ३५ हजार प्रदान गरी सम्मानित गरिएको छ । 

ad
ad
ad
ad