१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०७९ चैत २५ शनिबार ०९:४५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लागूऔषध : दुई भारतीय सहित ७ जना पक्राउ

Read Time : > 1 मिनेट
२०७९ चैत २५ शनिबार ०९:४५:००

मकवानपुर प्रहरीले विभिन्न परिमाणको लागूऔषध सहित हेटौंडाको छुट्टाछुट्टै स्थानबाट दुई भारतीय नागरिक सहित ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार राति हेटौंडा १ चौकीटोलबाट दुई जना भारतीयलाई पक्राउ गरेको थियो ।

बिआर २९ जिवी ५४८६ नम्बरको बोलेरो गाडीको सुरक्षा जाँच गर्ने क्रममा प्रहरीले बोलेरोका चालक भारतको सिवान जिल्ला पन्चायत–५ का २६ वर्षीय अमित कुमार र गाडीमा सवार सोहि स्थानका २३ वर्षीय अनिल कुमारलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट २४० बोतल लागूऔषध अनरेक्स १०० एमएल र लागूऔषध डाईजेपाम ६५० एम्पुल, फेनार्गन ६०० एम्पुल, नोफिन ६०० एम्पुल गरी जम्मा १८५० एम्पुल फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक एवं कार्यवाहक प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए ।    

पक्राउ परेका अमित र अनिललाई सोधपुछ गर्दा हेटौंडा १० का २८ वर्षीय प्रमेश्वर मगर र जिल्ला बारा घर भई हाल हेटौडा ५ बस्ने ३० बर्षकी अनिता तिमल्सिनाले उक्त लागूऔषध मगाएको बयान दिएपछि प्रहरीले मगर र मिल्सिनालाई पनि नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले बताए । यस्तै प्रहरीले बिहीबार राति नै हेटौंडा १५ स्थित पूर्वपश्चिम राजमार्गबाट २९९ ट्याब्लेट लागुऔषध र अटो सहित ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । 

प्रहरीले वीरगंजबाट हेटौडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ह १३७२ नं. को अटोलाई  जाँच गर्दा अटोमा रहेका कन्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर १८ घर भई हाल नवलपरासीको गैंडाकोट १ बस्ने २७ बर्षका सन्तोष सिंह बाग, अटोमा सवार चितवनको भरतपुुर २ का ३५ बर्षीय ईश्वर श्रेष्ठ र सोहि स्थानका ३४ बर्षका रमेश घलेले पक्राउ गरेको हो ।

उनीहरुले लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा लागूऔषध नाईट्राभेट २९९ ट्याब्लेट फेला परेको प्रहरी प्रवक्ता घिमिरेले जानकारी दिए । पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यलयमा राखेर आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीको भनाई छ ।