१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २१ मंगलबार १८:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देश अराजकतातिर उन्मुख छ : अर्जुननरसिंह केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २१ मंगलबार १८:३४:००

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देश अराजकतातिर उन्मुख भइरहेको बताएका छन्। मंगलबार लेखक रमेशप्रसाद गौतमको कृति ‘मेरो अतीत, मेरो अनुभव’ लोकार्पण समारोहमा उनले यस्तो बताएका हुन्।

नेता केसीले आर्थिक, शैक्षिक, ऋणको भारी र भ्रष्टाचार सबै किसिमबाट हेर्दा देश अराजकतातिर उन्मुख भइरहेको उल्लेख गरे। अहिलेको अवस्थालाई नियन्त्रण र निगरानी राख्न गठबन्धनको सही कार्यदिशा नभए देश असफल हुने निश्चित रहेको उनले दाबी गरे।

शैक्षिक क्षेत्रमा पनि नैराश्यता देखिएको भन्दै उनले यसलाई हटाउन सरकारले संघीय शिक्षा ऐन समयमा नै ल्याउनुपर्ने बताए। विश्वविद्यालय अराजकता र भागबन्डाको अखडा भइरहेको उनको भनाइ छ।

‘यो बीचमा धेरै पार्टीका सरकारहरू भए, अहिलेसम्म संघीय शिक्षा ऐन बन्न सकेको छैन। त्यसले माध्यमिक तहमा व्यापक रूपमा शैक्षिक अराजकताको स्थिति छ। किनभने केन्द्रले कुनै ऐन दिएको छैन, त्यो संघीय ऐनअन्तर्गत प्रदेश र गाउँ नगरहरूले संयोजन गर्नुपर्ने त्यो भएको छैन, हरेक गाउँ, नगरपालिकाले आफ्नै ऐन निर्माण गरेर चलाएका छन्, त्यसले शैक्षिक क्षेत्रमा पनि नैराश्यता शिक्षकहरूमा पनि नैराश्यता छ,’ उनले भने।