एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा पासाङ शेर्पा तोप्केगोला चयन भएका छन् ।
महासंघको महासचिवमा पेम्बा भोटे चयन भएका छन् । महासंघको १९ र २० चैतमा भएको दोस्रो राष्ट्रिय महाधिवेशनले शेर्पालाई अध्यक्ष र भोटेलाई महासचिवमा चयन गरेको हो ।
अध्यक्ष र महासचिवमा चयन भएका दुवैजना पूर्वसांसद हुन् । आदिवासी जनजाति महासंघको अध्यक्षसमेत भइसकेका शेर्पा एमालेको केन्द्रीय सदस्य हुन् । त्यस्तै, भोटे पनि आदिवासी जनजाति महासंघको पूर्वमहासचिव हुन् । लोकतान्त्रिक महासंघमा उनी यसअघि पनि महासचिवकै जिम्मेवारीमा थिए ।
त्यस्तै, उपाध्यक्षमा ज्ञानेन्द्र पुन, विजयसिंह लोप्चन, देवनारायण चौधरी र मीना गुरुङ चयन भएका छन् । उपमहासचिवमा देवराज राई र प्रेम श्रेष्ठ चयन गरिएका छन् भने सचिवमा हिरुसरा राना, शान्ति पाख्रिन, मन्दिरा श्रेष्ठ, सोनाम छिरिङ लामा, विवेक श्रेष्ठ, श्यामविक्रम तुम्रोक लिम्बू, होम गुरुङ र हर्कमान तामाङ चयन भएका छन् । कोषाध्यक्षमा ज्योति लामा चयन भएका छन् ।