Skip This
भीम रावललाई मूल प्रवाहमा ल्याउन वार्ता टोली गठन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २१ मंगलबार
  • Saturday, 27 July, 2024
२o७९ चैत २१ मंगलबार १२:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भीम रावललाई मूल प्रवाहमा ल्याउन वार्ता टोली गठन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २१ मंगलबार १२:o९:oo

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भीम रावललाई मूल प्रवाहमा ल्याउन एमालेले वार्ता टोली गठन गरेको बताएका छन्। 

सुर्खेत विमानस्थलमा मंगलबार प्रेस चौतारी नेपाल सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव गुरुङले रावलले पार्टीलाई असहयोग गरेका कारणले वार्ता टोली गठन गरिएको बताएका हुन्। 

भीम रावलले एमालेको ग्रासरुट अभियान र निर्वाचनमा असहयोग भएपछि अहिले मूल प्रवाहमा ल्याउनका लागि वार्ता टोली बनाइएको बताए । ‘ग्रासरुट अभियान, स्थानीय, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा उनले गरेको असहयोगबारे छानबिन भइरहेको छ,’ उनले भने, ‘उनलाई पार्टीको मूल प्रवाहमा ल्याउन वार्ता टोली गठन भएको छ।’

राजनीतिमा वस्तुगत परिस्थिति र सन्तुलन हुने भएकाले प्रदेश संसदीय दल र प्रदेश कमिटीले गरेको निर्णय विशेष परिस्थितिको उपज भएको उनले बताए। 

नेकपा एमाले अब सत्ता तोड्ने र जोड्ने खेलभन्दा माथि रचनात्मक प्रतिपक्षको भूमिकामा रहेको उनको भनाइ थियो। ‘एमाले शालीन प्रतिपक्षमा बस्न चाहन्छ,’ उनले भने, ‘राष्ट्रको पक्षमा काम गर्दा शालीन र रचनात्मक, तर राष्ट्रिय हितविपरीतको काम हुँदा जुझारू प्रतिपक्ष बन्नेछ ।’

देशको आर्थिक, सामाजिक क्षेत्र निकै कमजोर भइरहेका वेला भूराजनीतिक अवस्था अझ जटिल बन्दै गइरहेको उनले बताए।

‘सरकारले हनिमुन बिताइसके पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा देशमा अझै राजनीतिक अस्थिरताकाे खेल कायमै रहेको छ,’ उनले भने, ‘यो सरकारबाट समृद्धिको आशा गर्नु भूल हुनेछ।’