१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २० सोमबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २० सोमबार १o:५८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई एजेन्ट्समार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २० सोमबार १o:५८:oo

आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका एजेन्टमार्फत हवाई यात्रुहरूले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् । कम्पनीले देशभरि छरिएर रहेका आइएमईका हजारौँ एजेन्ट्ससँग यात्रुहरूले सुपथ मूल्यमा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको हो । 

यसका साथै साझेदार एजेन्टहरूले ‘आइएमई–एजेन्ट पोर्टल’मार्फत नै अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य, उडानको तालिका हेर्न तथा तुलना गर्न सक्ने व्यवस्था मिलाएको जनाइएको छ । यस सेवामार्फत समग्र पर्यटन उद्योगको विकास तथा प्रवद्र्धनमा टेवा पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ । 

आइएमई पे मोबाइल वालेटमार्फत व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।