१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २० सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २० सोमबार १o:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंकले ल्यायो ह्याप्पी आवर्स योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २० सोमबार १o:५३:oo

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि ह्याप्पी आवर्स योजना सार्वजनिक गरेको छ । बैंकले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउने योजना ल्याएको हो । 

मोबाइल बैंकिङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लसबाट तथा क्युआरमार्फत गरिने भुक्तानी प्रक्रियालाई प्रवर्द्धन गर्नका लागि क्यासब्याक योजना ल्याएको बैंकले जनाएको छ । योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकले क्यासब्याक पाउने जनाइएको छ । चैत १९ देखि वैशाख १६ गतेसम्म लागू हुने योजनामा प्रत्येक दिनको पहिलो भुक्तानीमा मात्र क्यासब्याक प्राप्त हुने जनाइएको छ । प्रत्येक दिनका लागि फरक–फरक भुक्तानीमा क्यासब्याक पाइने उल्लेख छ । 
योजनाअनुसार सोमबार बेलुका सातदेखि १० बजेसम्म टिभीको बिल भुक्तानीमा २० प्रतिशत वा अधिकतम एक सय रुपैयाँ क्यासब्याक प्राप्त हुने जनाइएको छ । त्यस्तै, मंगलबार बेलुका सात बजेदेखि १० बजेसम्म इन्टरनेटको बिल तिर्दा २० प्रतिशत वा अधिकतम एक सय रुपैयाँ, बुधबार बेलुका सात बजेदेखि १० बजेसम्म हवाईजहाजको टिकट खरिद गर्दा २० प्रतिशत वा अधिकतम दुई सय रुपैयाँ र शनिबार बिहान सात बजेदेखि बेलुका सात बजेसम्म केबलकारको टिकट खरिद गर्दा २० प्रतिशत वा अधिकतम दुई सय रुपैयाँ क्यासब्याक पाउने बैंकले जनाएको छ । 

बैंकले हाल देशका ७७ वटै जिल्लामा तीन सय ६४ शाखा, तीन सय ६३ एटिएम, तीन सय २१ शाखारहित बैंकिङ सेवा, ५४ एक्सटेन्सन तथा राजस्व काउन्टरका साथै तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ । 

ad
ad
ad
ad