
स्मार्ट फोन कम्पनी साओमीले गोदावरीमा रहेका दुई बालआश्रम मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । साओमीले दुई संस्थाका विद्यार्थीलाई दुई सयभन्दा बढी स्कुल ब्याग, स्टेसनरी सामानहरू, फुटबल, बास्केटबल, मास्क र सेनिटाइजरहरू प्रदान गरेको छ ।
साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पाण्डेले यी संस्थाहरूलाई सहयोग सामग्रीहरू हस्तान्तरण गर्दै उनले भने, ‘हाम्रो उद्देश्य विद्यार्थीको शिक्षाका लागि समावेशी वातावरण सिर्जना गर्नु हो । हामीले यसलाई हाम्रो मिसन शिक्षा बनाएका छौँ । यो अभियानको निरन्तर प्रयास र अन्तिम लक्ष्य ‘सबैका लागि शिक्षा’ हुनेछ ।’