१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १५:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

तोकिएका पर्यटकीय गन्तव्यमा अब पथप्रदर्शकबिना घुम्न जान नपाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:४o:oo

नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम) सुरुवात भएको छ। शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका हुन्।

नेपालमा पदयात्रालाई सुरक्षित बनाउन, पदयात्रीको सेवा, सुविधा र सुरक्षालाई प्रत्याभूत गर्न र पदयात्रामा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न पदयात्री सूचना व्यवस्थापन प्रणाली सुरु गरिएको हो। यो मापदण्ड आजबाट नै लागू भएको छ। 

पदयात्री एवं पथप्रदर्शक वा सहयोगीको सुरक्षालाई प्रत्याभूत गर्न पदयात्रीका लागि सम्बन्धित कम्पनीले टिप्स अनुमतिपत्र लिनुपर्नेछ। अर्थात्, अबबाट कोही पनि समूहमा मिलेर जटिल स्थान (विशेष गरी हिमालय क्षेत्र)तर्फ एक्लै र समूहमा मिलेर बिनागाइड जान नपाइने भएको हो। तर, हिमाल आरोहण अनुमतिपत्र लिई हिमाल आरोहणमा जानेले भने टिप्स अनुमतिपत्र लिनुपर्दैन।

ad
ad