
यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले मिटरब्याजपीडितलाई सहयोग गरेको छ। बानेश्वरमा पीडितहरूको आन्दोलनमा ऐक्यबद्धतासहित ट्रस्टले आर्थिक सहयोग गरेको हो।
ट्रस्टको तर्फबाट २० हजार र मिलन श्रेष्ठ शुभम् अस्पतालको तर्फबाट पाँच हजार आर्थिक सहयोग गरिएको हो। पीडितलाई ट्रस्टका अध्यक्ष एवं अस्पतालका बोर्ड डाइरेक्टर डा. केदारनरसिंह केसी र ट्रस्टका महासचिव तथा कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले बानेश्वर पुगेर ऐक्यबद्धतासहित रकम हस्तान्तरण गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले तत्कालीन सरकार र पीडितबीच भएको ५ बुँदे सहमति कार्यान्वयन गर्न र मिटरब्याजीको मानसिक प्रताडनाका कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत र क्षतिपूर्ति पीडकबाट भराउन सरकारसँग माग गरेका थिए।