मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ चैत १३ सोमबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १३ सोमबार १३:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जघन्य अपराधमा उन्मुक्ति दिन मिल्दैन : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १३ सोमबार १३:२८:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन नमिल्ने बताएका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले जघन्य अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता नभएको बताएका हुन्।

थापा लेख्छन्, ‘माओवादी हिंसात्मक द्वन्द्वकालमा सयौँ निर्दोष व्यक्तिहरूको हत्या भएको छ। उनीहरुरूका परिवारले न्याय पाउनुपर्छ। हत्यालाई वर्गीकरण गरेर अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता होइन। हत्या जघन्य अपराध हो। अहिले विद्रोही र सरकार दुवै एउटै भएका छन्। यस्तो वेला जनताको प्रतिनिधि संसद्ले विवेक गुमाउनेछैन भन्ने आशा गर्दछु।’