मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १२ आइतबार ०८:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महिला नेतृत्व शिखर सम्मेलन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १२ आइतबार ०८:१७:००

नेपाल उद्योग परिसंघ (सिएनआई)को आयोजनामा दुईदिने महिला नेतृत्व शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको सम्मेलन परिसंघ महिला नेतृत्व मञ्चको संयोजन सुरु भएको हो । सम्मेलन कोभिड–१९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेको छ ।

सम्मेलनमा लैंगिक समानताका विषयसहित महिला नेतृत्वहरूबीच विचार आदान–प्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरूका सफलता सुनाउने, महिलाहरूलाई प्रोत्साहित गर्ने र एक–अर्काबाट सिक्ने अवसर प्राप्त हुनेछ । विभिन्न सत्रमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स, जर्मनीलगायत मुलुकका राजनीतिक, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रका प्रभावशाली व्यक्तित्वहरूको सहभागिता रहनेछ । 

सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पु¥याएकी म्यागी डोइन र सोनिका मानन्धरलाई इन्स्पायरिङ ओमन अफ द इयरबाट सम्मान गरिएको छ । सम्मेलनमा उद्यमशीलता प्रवद्र्धनका लागि महिला उद्यमीहरूबाट उत्पादित स्वदेशी वस्तुहरूको प्रदर्शनीसमेत गरिएको छ । सम्मेलन समापनका दिन सम्मेलनको निष्कर्ष एवं सुझाव नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।