मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ चैत ९ बिहीबार
  • Friday, 11 July, 2025
२o७९ चैत ९ बिहीबार १३:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सामरी खोलामा पुरुषको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ९ बिहीबार १३:५७:oo

मकवानपुरको सामरी खोलामा बिहीबार एकजना पुरुषको शव फेला परेको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका– १ स्थित सामरी खोलाको किनारमा एक पुरुषको शव फेला परेको हो।

उक्त शव स्थानीय स्याउली बस्ने  ५५ वर्षीय सोर्जे पुलामीमगरको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

घटनाबारे अनुसन्धान थालिएको प्रवक्ता कार्कीले बताए। मगरको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।