मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ७ मंगलबार २२:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लिसंकुपाखरका वडाध्यक्षसहित सबैलाई भ्रष्टाचार मुद्दामा सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ७ मंगलबार २२:२९:००

सिन्धुपाल्चोकको लिसंखुपाखर नगरपालिकाका जनप्रतिनिधिसहित ६ जनाले भ्रष्टाचार मुद्दामा सफाई पाएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ फागुन ०७६ मा गलत लिखत तयार गरी भ्रष्टाचार गरेको मुद्दा दायर गरेकोमा तीन वर्षपछि फैसला गर्दै विशेष अदालतले सफाइ दिने फैसला गरेको हो । 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य बलभद्र बास्तोलाको इजलासले उक्त नगरपालिका वडा नं. ६ का अध्यक्ष कैलाश थापासमेत ६ जनालाई नै सफाइ दिएको हो । वडाध्यक्ष थापाले पेट्कु खानेपानी आयोजना र मायाखोला मुहान गरी स्वीकृत नै नभएको आयोजनालाई रकम छुट्याएको र उक्त रकम हिनामिना गरेको आरोप अख्तियारको थियो । 

थापाउपर अख्तियारले मायाखोला मुहान आयोजनाका लागि आफै उपभोक्ता समितिमा बसेर पाइप खरिदलगायतका खर्च देखाइ ६ लाख रुपैयाँ हिनामिना गरेको अभियोग लगएको थियो । वडाध्यक्ष थापाले हुँदै नभएको योजनामा पैसा हालेर, खर्च गरेर भ्रष्टाचार गरेको अभियोग लगाइएकोमा उनले सफाइ पाएका हुन् । 

यसै घटनामा लिसंखुपाखर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरञ्जन पाख्रिन र लेखापाल सुरेन्द्र बहादुर तितजुलाई पनि प्रतिवादी बनाइ मुद्दा दायर गरिएको थियो । 

उनीहरूले लिखित सम्झौता भएको मितिभन्दा अगावै काम सम्पन्न भएको कागजात बनाएको, डोरहाजिरी गरी भुक्तानी दिएको तथा गैरजिम्मेवार प्रवृत्ति देखाएको अभियोग उनीहरुउपर थियो । 

उक्त गाउँपालिकाका तत्कालीन सब इञ्जिनियर लिलबहादुर पाण्डेले आयोजना सम्पन्न नहुँदै सम्पन्न भएको भनी गलत प्रतिवेदन तयार गरेको आरोप थियो । 

उक्त गाउँपालिकाको वडा नं. ५ का बाबुलाल जोशी र दलबहादुर श्रेष्ठलाई समेत प्रतिवादी बनाइएकोमा उनीहरुले समेत सफाई पाएका छन् । उनीहरुले पाइप किन्न छुट्याइएको रकम लामो समय आफ्नो नाममा रहेको बैंक खातामा राखेको भन्दै उनीहरुलाई सजाय माग गरिएको थियो ।