१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ६ सोमबार
  • Wednesday, 26 June, 2024
२o७९ चैत ६ सोमबार १२:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यी हुन् कपाललाई स्वस्थ राख्ने उपाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ६ सोमबार १२:o७:oo

कपालले मानिसको व्यक्तित्व झल्काउन महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले यसलाई स्वस्थ राख्न जरुरी छ । यसको सुरक्षाका लागि हामीले केही उपाय अवलम्बन गर्नुपर्ने हुन्छ । 

–पछिल्लो समय बजारमा विभिन्न केमिकल मिसिएका मेहदी पाइन्छन् । त्यसले कपाललाई पनि नकारात्मक असर पारिहेको हुन्छ । खराब मेहदीकै कारण कतिपयको कपाल झरिरहेको हुन्छ । त्यसैले केमिकल मिसाइएका मेहदी लगाउनुहुँदैन । गर्मीमा सकभर छोटो कपाल राख्नु ठीक हुन्छ । लामो कपाल राख्नेले दैनिक नुहाउन जरुरी छ । छोटो कपाल हुनेले पनि कम्तीमा सातामा तीनपटक टाउको नुहाउनुपर्छ । 

–कपाल हाइलाइट गर्नु, सेतो, गोल्डेन, खैरो, रातो रङ लगाउनु आफैँमा हानिकारक छ । यस्ता कलरमा धेरै केमिकल मिसाइएको हुन्छ । हाइड्रोजन मिसाइएको हुन्छ, जसले कपाल फुस्रो बनाउँछ । कपाल पनि झार्ने गर्छ । 

अर्गानिक मेहदीको धुलोसँग अदुवा, प्याज, मही–दही मिसाएर लगाउँदा कपाल झर्नबाट रोक्न सकिन्छ । मही, कागतीको रस, मेथीको धुलो लगाउँदा कपाल झर्न कम हुन्छ । कपालमा लगाउनुभन्दा दुई–तीन घन्टाअघि मेहदी भिजाउनुपर्छ । कपालमा लगाएपछि पनि दुई–तीन घनटापछि मात्रै नुहाउनुपर्छ । महिनाको एकपटक यसरी स्याहार गर्दा कपाल स्वस्थ रहन्छ । 

 

ad
ad
ad
ad