दुबईले २० मिनेट हिँड्नयोग्य सहर बनाउने आफ्नो महत्वाकांक्षी लक्ष्य घोषणा गरेको छ । २० मिनेट पैदल हिँड्नयोग्य सहर बन्दा त्यहाँ बसोवास गर्ने मानिस, पर्यटक आदिले आवश्यक पर्ने सपिङ मल, स्कुल, मस्जिद, पार्क र सार्वजनिक यातायातजस्ता सुविधा २० मिनेटभित्र सहजै पाउनेछन् ।
पैदल यात्रालाई प्राथमिकतामा राख्दै दुबई सरकारले अझै दीर्घकालीन, जीवनोपयोगी र स्वस्थ सहर बनाउने लक्ष्य लिएको छ । यो लक्ष्य सार्वजनिक यातायातलाई बढावा दिने, कार्बन उत्सर्जन कम गर्ने र बसोवास गर्नेको जीवनलाई सुधार गर्ने रहेको छ ।
सहरी आवागमन
‘२० मिनेट सहर’को अवधारणा मन्द गतिशीलता (माइक्रो–मोबिलिटी) हो । यसले प्रतिघन्टा २५ किलोमिटरको गतिमा चल्ने छोटो दूरीका साना तथा हलुका सवारीसाधनलाई बुझाउँछ । खासमा, मन्द गतिशीलता नयाँ अवधारणा भने होइन । अटोमोबाइलको उदय हुनुअघि साइकल नै प्राथमिक यातायात थियो, विशेष गरी सहरी क्षेत्रमा । तर, जब सडक धेरै बन्यो, मान्छेको कार किन्न सक्ने क्षमता बन्यो र बिस्तारै सहरबाट मन्द गतिशीलता हराउँदै गयो । मन्द गतिशीलताको पतन २०औँ शताब्दीबाट सुरु भएको मानिन्छ । अहिले अटोमोबाइल इन्डस्ट्री फस्टाएको छ । गाडी सम्पन्नता र स्वतन्त्रताको मानक बनेको छ । आममान्छेले पनि गाडीलाई आवश्यकताका रूपमा हेर्न थालेका छन् भने सरकारले उनीहरूलाई सहयोग गर्न जानाजानी सडक सञ्जाल निर्माणमा ठूलो धनराशि लगानी गरेको छ ।
आज पनि केही सहरमा साइकललाई कतै गरिबीका रूपमा त कतै विलासीका रूपमा हेरिन्छ । सार्वजनिक धारणामा परिवर्तन आएसँगै मन्द गतिशीलताको पूर्वाधारमा कमी आयो । यसले एकातिर ट्राफिक जाम बढायो भने अर्कातिर जीवाश्म इन्धन (फोसिल फ्युल) माथि चरम परनिर्भरता बढायो ।
पछिल्ला केही वर्षमा मन्द गतिशीलताले फेरि एकपटक सबैको ध्यान आकर्षित गरेको छ । पुरानो शैलीको यातायातको विकल्पका रूपमा यसले अत्याधुनिक सहरमा सुविधाजनक, सस्तो र वातावरणमैत्रीका रूपमा मान्यता प्राप्त गरेको छ । दिनप्रतिदिन बढिरहेको जनसंख्याबीच यसले ट्राफिक र कार्बन उत्सर्जन न्यून गर्न पनि सहयोग गरेको छ ।
मन्द गतिशीलता रणनीति
बढ्दो मन्द गतिशीलता विद्युतीय स्कुटर, साइकल र मोपेड आदि सहरी सवारीसाधनको समस्या र प्रदूषणका लागि उपयुक्त विकल्प बनेका छन् । यी साधनको लोकप्रियता बढिरहँदा चुनौती पनि देखिएका छन् । दुबई अद्भूत आर्किटेक्चर र सुन्दर परिदृश्यका लागि चिनिन्छ । तर, त्यहाँ मन्द गतिशीलताको अभाव छ । साइकल र विद्युतीय स्कुटर जुमेराह आवासीय क्षेत्रजस्ता ठाउँमा लोकप्रिय छन् । तर, ती प्रायः पैदलयात्री र कारले भरिन्छन् । अनि भीडभाड बढ्न थाल्छ । यसले पैदलयात्री असुरक्षित बन्छन् र मिलन–मार्ग (कनेक्टिङ वे) पत्ता लगाउन सक्दैनन् ।
पैदल यात्रालाई प्राथमिकतामा राख्दै दुबई सरकारले अझै दीर्घकालीन, जीवनोपयोगी र स्वस्थ सहर बनाउने लक्ष्य लिएको छ । यो लक्ष्य सार्वजनिक यातायातलाई बढावा दिने, कार्बन उत्सर्जन कम गर्ने र बसोवास गर्नेको जीवनलाई सुधार गर्ने रहेको छ ।
धेरैजसो सहर व्यवस्थापक विस्तृत मन्द गतिशील रणनीतिको महत्व बुझ्न नसक्दा असफल बनेका छन्, न उनीहरूले सवारीसाधन, पूर्वाधार र आवश्यक नीतिलाई सहयोग गर्ने सुरक्षित र सक्षम मन्द गतिशीलता सञ्जाल नै बुझेका छन् । सडकमा बाइक र ई–स्कुटर राखेर नागरिकले प्रयोग नगर्नु असफलताको संकेत हो भन्ने सोचविचार नगर्दा यसले सरकार र मन्द गतिशीलता सञ्चालक दुवैलाई ठूलो घाटा पर्न जान्छ ।
सडक र पूर्वाधारको सञ्जालभित्र मन्द गतिशीलता जोड्न नसक्दा सहर असफल बन्छन् । सुरक्षा र सडक पूर्वाधारसहित लन्डन सहरमा साइकलयात्री र स्कुटरचालकका लागि मन्द गतिशीलता सरोकारको विषय बनेको छ भने वर्षौंदेखि ई–स्कुटर प्रयोग छलफलको विषय बनेको छ ।
तर, सन् २०२० सम्म सरकारले तोकेको सार्वजनिक सडकमा थिएन । यसमा भूमिका खेल्ने समर्पित साइकल लेन र पूर्वाधारको अभावले सहरमा दोब्बर जाम बढेको छ । अर्थात्, ई–स्कुटरले चालक, पैदलयात्रु र अन्य सवारीचालकलाई जोखिम बढाएको छ ।
बेलायतमा पनि यस्तै खालको समस्या छ । सहरको व्यस्त र साँघुरा गल्लीले साइकल पूर्वाधारलाई अप्ठ्यारो बनाइरहेका छन् । साथै, जामले गर्दा साइकलयात्रीले आवागमन गर्न सक्दैनन् । उनीहरू प्रायः ठूला सवारीसाधन चल्ने सडकमा हिँड्नुपर्ने बाध्यता छ, दुर्घटनाको सम्भावना पनि बन्न सक्छ ।
गतिशीलतालाई आकार दिँदै लिस्बन
सडक पूर्वाधारमा लन्डनले एकीकृत मन्द गतिशीलताको समस्या भोग्दै गर्दा अन्य केही सहरले भने व्यस्थापन गरेका छन् । उदाहरणका रूपमा पोर्चुगलको लिस्बनलाई लिन सकिन्छ । लिस्बनलाई मन्द गतिशीलतामा दूरदर्शी पहुँच पु¥याएको भनी प्रशंसा गरिन्छ । उक्त सहरले विस्तृत साइकल लेनको सञ्जाल लागू गरेको छ । यसले सार्वजनिक सवारीमा राम्रो लगानी गरेको छ । साथै, निजी सवारीसाधनमा आश्रित नभईकन सहरको एकदेखि अर्को ठाउँमा सजिलै पुग्न सम्भव बनेको छ ।
सुपर ब्लक कन्सेप्ट
२० मिनेट हिँड्नयोग्य सहरलाई प्रभाव पार्ने एउटा तत्व भनेको एकल प्रयोग गन्तव्यलाई प्रसार गर्नु हो । हालको योजनाअनुसार यसबारे दुबईले विचार गर्न सक्छ । यसले २० मिनेटको लक्ष्य प्राप्त गर्न सहयोग गर्छ, जुन सुपर ब्लक कन्सेप्ट हो । यसअघि यस्तो कन्सेप्ट सन् २००० मा स्पेनको बार्सिलोनामा लागू भएको छ । र, यसलाई दुबईमा पनि लागू
गर्न सकिन्छ ।
सुपर ब्लक कन्सेप्टभित्र गल्लीलाई पुनर्निर्माण गरी पैदलयात्री र साइकलयात्रीलाई प्राथमिकता दिइन्छ, जहाँ सीमित कारले पहुँच पाउँछन् । जहाँ–जहाँ यो अवधारणा लागू भएको छ, त्यहाँ जाम न्यून मात्रै भएको छैन, वायुको गुणस्तरीय सुधार र सामाजिक गतिविधिका लागि सार्वजनिक स्थानसमेत उपलब्ध भएको छ ।