मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ३० मंगलबार
  • Friday, 10 January, 2025
२o७९ फाल्गुण ३० मंगलबार ११:४८:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्किन टोनअनुसार छान्नुस् लिपस्टिक...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ३० मंगलबार ११:४८:oo

महिलाहरू त्यही लिपस्टिक किन्छन्, जो उनीहरूलाई मन पर्छ । आफ्नो स्किन टोनमा कस्तो लिपस्टिक सुट गर्छ भनेर कमैले मात्रै ख्याल गर्छन् । स्किन टोनअनुसार लिपस्टिक छान्दा सुन्दरतामा थप निखार आउँछ । 

रातो : गोरो छालामा रोयल रेड सेडको लिपस्टिक सुहाउँछ । त्यस्तै, गहुँगोरो छालामा वाइन रेड सुहाउँछ । 
मोव : मोटो ओठ भएकाले मोव सेड्सको लिपस्टिक खरिद गर्दा राम्रो हुन्छ । किनकि, मोव सेड चम्किलो हुन्छ । पार्टी वा विशेष कार्यक्रममा जाँदा यस्तो लिपस्टिकले तपाईंलाई सुन्दर देखाउँछ । 
सफ्ट पिंक : यदि तपाईंलाई डार्क सेडको लिपस्टिक लगाउन मन पर्छ भने सिम्पल र सोबर लुक्सका लागि सफ्ट पिंक सेडको लिपस्टिक लगाउन सक्नुहुन्छ । यसले मोटो ओठ हाइलाइट हुँदैन । कार्यालयमा काम गर्ने महिलाका लागि यो निकै राम्रो हुन्छ । 
बेरी : नाइट पार्टी वा कुनै विशेष समारोहमा जाँदा मानिसहरू आकर्षक देखिन चाहन्छन् । पातलो ओठमा बेरी सेडको लिपस्टिक लगाउँदा महिलालाई निकै सुहाउँछ । तर, बेरी सेडको लिपस्टिक लगाएका वेला मेकअप न्युड हुनुपर्छ ।