१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २५ बिहीबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ फाल्गुण २५ बिहीबार ११:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

के नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउँछन् ?

अर्थ जानकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण २५ बिहीबार ११:३२:oo

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ मा भएको व्यवस्थाबमोजिम नेपाली नागरिकले विदेशमा कुनै किसिमको लगानी गर्न पाउँदैनन् ।

तर, विदेशमै रहेका नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म आर्जन गरेको विदेशी विनिमय वा सो विदेशी विनिमयको लगानीबाट आर्जित विदेशी मुद्राबाट विदेशमा बैंक खाता खोल्न तथा लगानी गर्न सक्छन् । तर, नेपालमा फर्किसकेपछि ३५ दिनभित्र सो खाता तथा लगानीका सम्बन्धमा नेपाल राष्ट्र बैंकमा लिखित जानकारी दिनुपर्छ ।

ऋणको व्यवस्था के छ ? :  नेपाली नागरिक, फर्म तथा संस्थाले विदेशमा रहेका आफ्ना नातेदार, अन्य व्यक्ति, गैरआवासीय नेपाली वा संघसंस्थाबाट निब्र्याजी वा बढीमा एक वर्षको लिबोर रेटमा ५.५ प्रतिशत थप भई हुने ब्याजदरको सीमाभित्र रही बढीमा अमेरिकी डलर १० लाखसम्म र भारतको हकमा १० करोड भारतीय रुपैयाँसम्म विदेशी मुद्रामा ऋण लिन सक्छन् ।

ad
ad
ad
ad