Skip This
बाँकेकाे बन्दा नहरमा डुबेर दुई बालकको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २३ मंगलबार
  • Friday, 26 July, 2024
२o७९ फाल्गुण २३ मंगलबार १९:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाँकेकाे बन्दा नहरमा डुबेर दुई बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २३ मंगलबार १९:२८:oo

बाँकेको कोहलपुरमा नहरमा डुबेर आज दुई बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१२ चप्परगौडीका १५ वर्षीय मनसुन बराल र नौ वर्षीय अनिल भट्टराई रहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। 

बराल स्थानीय दीपज्योति बोर्डिङ स्कुल तथा भट्टराई ज्ञानज्योति स्कुलमा अध्ययनरत थिए। 

सिमरी नदीको बन्दा नहरमा नुहाउन गएका पाँचमध्ये दुईजना डुबेको सूचना मृतकका आफन्तले प्रहरीलाई दिएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।