१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २३ मंगलबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २३ मंगलबार १५:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारका वाणिज्य नीतिहरू तथ्यमा आधारित छैनन् : अर्थविद् वाग्ले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २३ मंगलबार १५:५३:oo

अर्थविद् तथा काठमाडौं विश्वविद्यालयका प्रोफेसर प्राडा अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरू तथ्य–तथ्यांकमा आधारित नभएको बताएका छन् । मंगलबार काठमाडौं विश्वविद्यालय र विश्व व्यापार संगठनले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

नेपालमा उत्पादन भएका वस्तुहरूको विदेश निर्यात गर्न वाणिज्य नीति तथ्य–तथ्यांकमा आधारित भएर बनाउन आवश्यक रहेको उनको भनाइ छ । उनले तथ्यमा आधारित भएको नीति नबनाएसम्म नेपालबाट विदेशमा कति वस्तु निर्यातको सम्भावना छ र अहिलेसम्म कति निर्यात भए भन्ने जानकारी नहुने प्रस्ट पारे। 

‘नेपालमा जति पनि वाणिज्य दिगोपनका लागि नीतिहरू बनिरहेका छन्, त्यस्ता नीतिहरू तथ्य–तथ्यांकमा आधारित छैनन् । त्यस्ता नीतिलाई परिवर्तन नगरी नेपालमा उत्पादन भएर निर्यात हुन सक्ने वस्तुको सम्भाव्यता के हुन् ? कुन आकारमा निर्यात हुन्छ ?’ उनले भने ।

अर्थविद् वाग्लेले नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पुग्न लागेको भन्दै आर्थिक दिगोपनका दृष्टिले जोखिमपूर्ण रहेको बताए । उनले भने, ‘सबै अनियमितता, न्यून विजकीकरण हेर्दा कुल ग्रार्हस्थ्य उत्पादनको प्रतिशतजत्तिकै व्यापार घाटा हुने देखिन्छ । कुनै पनि रूपमा दिगो छैन ।’