मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ फाल्गुण २० शनिबार
  • Monday, 14 July, 2025
२o७९ फाल्गुण २० शनिबार १५:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी कांग्रेसको ढोक्सामा परेको होइन : महरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २० शनिबार १५:२३:oo

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको बताएका छन्।

उदयपुरको कटारीमा शनिबारदेखि सुरु भएको एकीकृत अखिल नेपाल शिक्षक संगठन, कोसी प्रदेशको दोस्रो सम्मेलनका क्रममा यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा जित्ने दाबी गरे।

‘राष्ट्रपतिको दायित्व नै संविधान तथा गणतन्त्रको रक्षा एवं शान्ति प्रक्रियाको काम पूरा गर्नुभएकाले हामीले यो समीकरण बनाएका हौँ,’ उनले भने। रासस