१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १४ आइतबार १७:५६:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

विक्रम कालिकोटेको ‘कुटुमा कुटु’को भिडियो रिलिज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १४ आइतबार १७:५६:००

गायक तथा संगीतकार विक्रम कालिकोटेको नयाँ गीत ‘कुटुमा कुटु’को भिडियो रिलिज भएको छ। कालिकोटेको स्वर तथा संगीत रहेको यस गीतमा किरण माइकलको शब्द रचना रहेको छ।

पप आधुनिक फ्लेबरको गीतमा रुचि राख्ने विक्रमले यसअघि पाँच दर्जन बढी गीतमा स्वर दिइसकेका छन् भने सयौँको संख्यामा संगीत भरेका छन्। सार्वजनिक गीतको बारेमा बोल्दै विक्रमले यो गीत संगीतको हिसाबमा रोमान्टिक र शब्द हिसाबमा भावुक भएको बताए।

गीतको भिडियोलाई गायक आफैँले निर्देशन गरेका छन् भने उनी आफैँले मोडल बिना राउतको जोडी बनेर अभिनय पनि गरेका छन्। भिडियोलाई दिनेश पराजुलीले छायांकन तथा संजय अधिकारीले सम्पादन गरेका छन्।