१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १३ शनिबार
  • Saturday, 28 September, 2024
२o७९ फाल्गुण १३ शनिबार १२:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेनाकाे युद्ध सामग्री प्रदर्शनी, सर्वसाधारणले अवलोकन गर्न पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १३ शनिबार १२:३६:oo

नेपाली सेना सुदूरपश्चिम पृतना हेडक्वाटरको आयोजनामा धनगढीस्थित तेघरी ब्यारेकमा विविध सैनिक प्रदर्शनी जारी छ । सर्वसाधारणले अवलोकन गर्न पाउने प्रदर्शनीमा युद्धका बेला सेनाले प्रयोग गर्ने हातहतियार, उपकरणलगायतका युद्ध सामग्रीहरु राखिएका छन् ।

नेपाली सेनाका तीनवटै फौज युद्ध फौज, युद्ध मद्धति फौज र युद्ध सर्भिस सपोर्ट फौजले प्रयोग गर्ने हातहतियार प्रदर्शनीमा राखिएका नेपाली सेनाको सुदूरपश्चिम पृतनाले जनाएको छ । सुदूरपश्चिमका पृतनापति विजय थापाले सेनाले कसरी काम गर्छ भनेर आमनागरिकलाई जानकारी दिन प्रदर्शनी राखिएको बताए । यसले नेपाली सेनाप्रति जनताको विश्वास अभिवृद्धि हुने उनको भनाइ छ ।

‘बाहिरी रुपमा सेनाले गर्ने कामप्रति सबै परिचित नै हुन्छन् । भित्रि रुपमा हातहतियारदेखि सबै उपकरण तथा युद्धकला कसरी गर्छ भनेर जनमानसले जानकारी पाए सेनाप्रतिको विश्वास अभिवृद्धि हुन्छ,’ पृतनापति थापाले भने, ‘प्रदर्शनीमा सेनाको तीनै किसिमका फौजीका हातहतियार छन् । यसले हाम्रो सेनासँग यस्ता हातहतियार र इक्युपमेन्ट रहेछन् भनेर जनविश्वास बढ्छ ।’

प्रदर्शनी दुई दिनसम्म चल्नेछ । विद्यार्थी, सर्वसाधारण नागरिकलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रदर्शनीको शुक्रबार अवलोकन गरेका छन् । सैनिक दिवसको अवसरमा प्रदर्शनी आयोजना गरिएको हो ।

सैनिक दिवसको अवसरमा केन्द्रमा इतिहासदेखि वर्तमानसम्मका सैनिक हातहतियार, उपकरण सर्वसाधारणलाई देखाउने गरिएको पृतनाले जनाएको छ । यस्ता प्रदर्शनीले नेपाली सेना के हो, यसले कसरी काम गरिरहेको छ भन्ने विषय जनमानससम्म पु¥याउन मद्दत पुग्ने पृतनापति थापाले बताए । खेलकुदको विकासमा टेवा पुगोस् भनेर सेनाले प्रदर्शनीका अवसरमा शनिबार दौड प्रतियोगिता पनि गर्दैछ ।