१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १० बुधबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १० बुधबार ११:३७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकमा महिला उद्यमीका व्यापारिक स्टल राखिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १० बुधबार ११:३७:oo

महिला उद्यमीहरूलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यसहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारका लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन)बीच साझेदारी सुरु भएको छ । साझेदारीपत्रमा  बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनकी अध्यक्ष निरू रायमाझी खत्रीले हस्ताक्षर गरेका हुन् । 

समझदारीअनुसार बैंकले आफ्ना शाखा कार्यालयहरूमा महिला उद्यमीका उत्पादनका लागि स्टल उपलब्ध गराउने उल्लेख छ । एफविनअन्तर्गतका महिला उद्यमीलाई नबिल बैंकको नबिल सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रमसम्बन्धी जानकारी तथा तालिममा सहभागी गराउने जनाइएको छ । 

समझदारीअनुसार पहिलो चरणमा एफविनले हरेक महिना एकपटक नबिल बैंकको केन्द्रीय कार्यालयमा स्टलहरू लगाउने जनाइएको छ । यी स्टलहरूमा नेपाली उद्यमीद्वारा उत्पादित  उत्पादनहरू रहने उल्लेख छ । यस प्रकारका नेपाली उत्पादनहरूले नबिलका कर्मचारी र यसका ग्राहकको नेपाली उत्पादनहरूप्रति सकारात्मक व्यवहार परिवर्तन गर्न मद्दत गर्ने बैंकले विश्वास व्यक्त गरेको छ । वित्तीय पहुँच, उद्यमशीलता र वित्तीय साक्षरता तालिमले महिला सशक्तीकरणलाई बढावा दिने बैंकको भनाइ छ । 

नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले ०७८ असार १५ गते धान दिवसका दिन दिगो बैंकिङको सुरुवात गरेको जनाएको छ । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ सेवा हाल एक सय शाखामा विस्तार भएको जनाइएको छ ।