१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ९ मंगलबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण ९ मंगलबार o८:५७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रासायनिक मल किन्न थप साढे सात अर्बको स्रोत सुनिश्चितता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ९ मंगलबार o८:५७:oo

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि थप सात अर्ब ५० करोडको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो । 

स्रोत सुनिश्चितमध्ये दुई अर्ब ४० करोड कृषि तथा पशुपक्षी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ । दुई अर्ब ५० करोड आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ भने दुई अर्ब ६० करोड दायित्व सिर्जना भएपछि निकासा गरिने अर्थ मन्त्रालयले जानकारी दिएको छ । 

रासायनिक मल खरिद गर्न चालू आर्थिक वर्षका लागि १५ अर्ब विनियोजन गरिएको थियो । त्यस्तै, आगामी आवका लागि अर्थ मन्त्रालयले थप १६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको मागअनुसार पुनः थप स्रोतको व्यवस्था गरिएको हो । 

रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्नेसम्बन्धी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच दिनअघि कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मालगायतसँग छलफल गरेका थिए । सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले रासायनिक मल खरिदका लागि स्रोतको समस्या नहुने बताएका थिए । मल खरिद गर्न अविलम्ब आवश्यक प्रक्रिया सुरु गर्न उनले आग्रह गरेका थिए ।