१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सरकारी कार्यालयमा अनिवार्य स्वदेशी वस्तु प्रयोग गर्न निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:४५:oo

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै सरकारी कार्यालयहरूमा अनिवार्य रूपमा स्वदेशी उत्पादन र स्वदेशी वस्तुको प्रयोग गर्न निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका, २०७१ को प्रभावकारी कार्यान्वयन गर्न भन्दै सबै तहका सरकार, मन्त्रालय, आयोग र सबै सार्वजनिक कार्यालयहरूमा स्वदेशी वस्तु अनिवार्य प्रयोग गर्न अनुरोध गरेको हो ।

जारी विज्ञप्तिमा विदेशी सामानभन्दा नेपाली उत्पादित सामान १५ प्रतिशत महँगो भए पनि नेपाली सामान नै खरिद गर्नु भनिएको छ । यस्तो व्यवस्था सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १७ बमोजिम कुनै विधि छनोट गरी खरिद गर्दा विदेशी मालसामानभन्दा नेपालमा उत्पादित मालसामान नै खरिद गर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै, सार्वजनिक निकायले आफ्नो उपभोगका लागि स्टेसनरी, फर्निचर, मेसिनरी औजारजस्ता मालसामान खरिद गर्दा उपलब्ध भएसम्म नेपाली मालसामान नै खरिद गर्नुपर्ने, नभएमा न्यूनतम ५० प्रतिशत स्वदेशी मालसामान खरिद गर्नुपर्ने भनिएको छ । सबै मन्त्रालयमा हुने भेटघाट, सभा–सम्मेलन र चियाखाजामा स्वदेशी उपभोग्य वस्तु प्रयोग गर्न भनिएको छ । 

त्यस्तै, विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक निकायले स्वदेशी वस्तु खरिद गरेको विवरण हरेक तीन–तीन महिनामा केन्द्रीय कार्यान्वयन तथा अनुगमन समितिमा पठाउनुपर्नेछ ।’ यसको नियमन अनुगमनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गरिएको छ । 

ad
ad