१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ४ बिहीबार
  • Saturday, 28 September, 2024
२o७९ फाल्गुण ४ बिहीबार २२:२४:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एलपिएलको उपाधिका लागि लोटस आइ र सत्यवती एकेडेमी भिड्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ४ बिहीबार २२:२४:oo

अत्तरियास्थित लोटसआइ स्कुल र सत्यवती एकेडेमी धनगढीमा जारी विद्यालयस्तर यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को फाइनलमा प्रवेश गरेका छन् । 

लोटस आइले लिटल फ्लावर बोर्डिङ हाइ स्कुल धनगढीलाई र सत्यवतीले नव बालबाटिका विद्यामन्दिर बौनियालाई पराजित गरी फाइनल स्थान पक्का गरेका हुन् ।

बिहीबार भएको खेलमा लोटस आइले लिटल फ्लावरलाई ७२ रनले पराजित ग¥यो । टस जितेर ब्याटिङ थालेको लोटस आइले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५९ रन बनायो । 

एक सय ६० रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले १९.५ ओभरमा सबै विकेट गुमाएर ८७ रनमात्रै बनाउन सक्यो । उसका सुवास ऐरले २६ र बसन्त कार्कीले २३ रनबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । 

बलिङतर्फ लोटसका आयुब चन्द, सुशील रावल र नरेन साउदले तीन÷तीन विकेट लिए । पहिलो इनिङमा लोटसका आयुब चन्दले ४९, योगेश भाटले अविजित २८ र लक्की कडायतले २५ रन बनाएका थिए । बलिङतर्फ लिटलका आशिस साहुले तीन विकेट लिए ।  

दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन सत्यवती एकेडेमीले नव बालबाटिका विद्यामन्दिरलाई पाँच विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ थालेको बालबाटिका १८.४ ओभरमा अलआट हुँदै एक सय ११ रन बनायो । 

एक सय १२ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको सत्यवतीले १८.१ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेटायो । उसका प्रतीक श्रेष्ठले अविजित ३७ र अभिषेक कार्की १९ र खगेन्द्र जोशीले १७ रन बनाए । 

बलिङतर्फ बालबाटिकाका गजेन्द्र बोहरा र रिजन थापाले दुई÷दुई विकेट लिए । त्यसअघि बालबाटिकाका लागि बिराट भण्डारीले ३३ र नरबहादुर सार्कीले ३२ रन बनाए । बलिङतर्फ सत्यवतीका नीरज भट्ट र जित साउदले दुई÷दुई विकेट लिए । 

लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सको आयोजनामा जारी प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५१ हजार १११ र उपविजेताले एक लाख २५ हजार ५२५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।