मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १ सोमबार
  • Wednesday, 18 December, 2024
२o७९ फाल्गुण १ सोमबार १३:१o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

७० अंक ल्याए ट्रायल पास हुने व्यवस्था बागमतीमा भोलिदेखि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १ सोमबार १३:१o:oo

बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली भोलि मंगलबारदेखि लागू हुँदै छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको निर्देशनमा ७० अंक ल्याए पास हुने प्रणाली लागू गर्न लागिएकाे हो ।

यसअघि तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्व सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले उक्त प्रणाली लागू गर्न खोजे पनि दबाबकै कारण रोकिएको थियो । पाण्डेको हस्तक्षेपका कारण तीनपटकसम्म रोकिएको ७० अंक ल्याए ट्रायल पास हुने प्रणालीलाई वर्तमान सरकारले कार्यान्वयन गर्न लागेकाे हाे ।

यातायात व्यवस्था विभागले ०७७ मा ‘सवारीचालक अनुमतिपत्र वितरण कार्यविधि ०७७’ जारी गरेको थियो । जसलाई अंकमा आधारित कार्यविधि पनि भनिन्छ । कार्यविधि लागू भएपछि मोटरसाइकल तथा चारपांग्रे यातायातको ट्रायलमा ७० प्रतिशत अंक ल्याए पुग्छ । तर, उकालो र ओरालोमा भने शतप्रतिशत अंक ल्याउनुपर्ने कार्यविधिमा उल्लेख छ । अन्य नियममा भने अंक थपघट हुने भए पनि पास हुन सकिने नियम छ ।

७० अंक प्रणालीमा के व्यवस्था छ ?
ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । बागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेडचालकका लागि घुमाउरो ८ (8 आकार) को अंकभार २० तोकिएको छ । दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक पाँच अंकका दरले १० अंकभार घट्नेछ, तैपनि ट्रायल भने फेल भइँदैन ।

यस्तै, दुईपटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ ।

यसैगरी, साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्किए पनि अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा युटर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् ।