मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २७ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २७ शुक्रबार १२:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गैँडाको खाग ओसारपसारमा संलग्न १५ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २७ शुक्रबार १२:oo:oo

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले संरक्षित वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद–बिक्री कार्यमा संलग्न विभिन्न १५ जनालाई पक्राउ गरेको छ। 

ब्युरोको टोलीले विशेष सूचनाका आधारमा यही गत पुस १९ गते जिल्ला काठमाडौं महानगरपालिका– ७ सरस्वतीनगर टोलबाट गैँडाको एक थान खाग (तौल पाँच सय २२ ग्राम)सहित सुरुमा इन्द्रमणि आचार्य र जमुनाकुमारी शर्मालाई पक्राउ गरेको थियो। 

त्यसपछि सोधपुछ तथा अनुसन्धानका क्रममा उक्त कारोबारमा संलग्न अन्य १३ जनालाई विभिन्न मितिमा विभिन्न जिल्लाबाट पक्राउ गरी निजहरूलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। 

ब्युरोको टोलीले अनुसन्धानका क्रममा यही माघ १२ गते बाबुलाल भट्टराई, गजाधर सापकोटा र प्रताप चौधरीलाई पक्राउ गरेको थियो। 

यसैगरी माघ २० गते डम्बरकुमार आलेमगर, दानबहादुर राना र निर्मल शाहीलाई, माघ २२ गते हरिमाया राना, माघ २४ गते कमला तामाङ तथा माघ २५ गते सोमबहादुर चेपाङ, तुलसी चेपाङ, वीरमान वाइबा, राधाकृष्ण चेपाङ र आइतबहादुर तामाङलाई पक्राउ गरेको जनाएको छ।