लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभा सदस्य उपनिर्वाचन हुँदै छ । बुधबार बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदान हुने बताइएको छ ।
निर्वाचनमा सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र नेपाली कांग्रेसबाट गरी तीनजना उम्मेदवार छन् । उपनिर्वाचनका लागि सत्तारूढ एमालेबाट रोल्पाका कुमार दसौदी, कांग्रेसबाट रोल्पाकै माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट बाँकेका राजेन्द्रवीर राय मैदानमा छन्।
एमालेले नागरिक उन्मुक्ति पार्टीलाई आफूतिर तान्ने प्रयास गरेको छ।