Skip This
जुम्लामा आगलागी हुँदा एकको मृत्यु, घर जलेर नष्ट
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २४ मंगलबार
  • Tuesday, 13 May, 2025
२o७९ माघ २४ मंगलबार १२:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जुम्लामा आगलागी हुँदा एकको मृत्यु, घर जलेर नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २४ मंगलबार १२:३३:oo

जुम्लाको चन्दननाथ नगरपालिका- १ ठिन्केस्थित एक घरमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु भएको छ। 

चन्दननाथ १ निवासी लोकबहादुर भण्डारीको घरमा गएराति ११ बजे आगलागी हुँदा भण्डारीकै छोरी १३ वर्षीया बन्दना भण्डारीको जलेर मृत्यु भएको हो। 

प्रहरी निरीक्षक यमबहादुर बुढामगरका अनुसार मृतक बन्दना तेस्रो तलामा भएको र आगो नियन्त्रणबाहिर भएकाेले उनलाई बचाउन सकिएन। तीनतले घर जलेर पूर्ण खरानी भएको छ। 

उनले भने, ‘घरमा रहेका आठजना रहेछन्। आगलागी हुनेबित्तिकै सबै बाहिर निस्किएको र छोरी बन्दना तेस्रो तलामा भएपछि आगो नियन्त्रणबाहिर हुँदा प्रहरीको प्रयासले पनि उनको उद्धार गर्न सकिएन। अन्य सातजना परिवार भने सकुशल छन्। नगरपालिकाको दमकल पुगेपछि करिब तीन–चार घन्टापछि आगलागी नियन्त्रणमा आयो।’

आगलागीको तथ्य कारण नखुलेको प्रहरीको भनाइ छ। यद्यपि, सधैँ ग्यास प्रयोग गर्ने भण्डारी परिवारले गएराति ग्यास सकिँदा चुलोमा आगो बालेको बुझिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तीनतले घर जलेर पूर्ण रूपमा नष्ट भए पनि क्षतिको यकिन विवरण आउन बाँकी छ । मृतक बन्दनाको शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ।

आगलागी भएको खबर पाउनेबित्तिकै दमकल लिएर घटनास्थलमा पुगेर आगो नियन्त्रण गरिएको चन्दननाथ नगरपालिका विपत् व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बताए।