मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ २२ आइतबार १३:११:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानी पूर्वराष्ट्रपति मुशर्रफको निधन 

Read Time : < 1 मिनेट
२०७९ माघ २२ आइतबार १३:११:००

पाकिस्तानका पूर्वसैनिक जनरल तथा राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ। उनको आइतबार संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित अमेरिकी अस्पतालमा ७९ वर्षको उमेर निधन भएको हो। 

सेनाका वरिष्ठ प्रमुखहरूले जनरल मुशर्रफको दुःखद निधनप्रति हार्दिक समवेदना व्यक्त गरेको सेनाको सञ्चार शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

उनको परिवारका सदस्यलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले उनको ’एमाइलोइडोसिस’ का कारण निधन भएको उल्लेख गरेका छन्। मुशर्रफलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। 

मुशर्रफ सन् २०१६ देखि उपचारका लागि दुबईमा बस्दै आएका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिना पहिले मुशर्रफले आफ्नो बाँकी जीवन आफ्नै देशमा बिताउने इच्छा व्यक्त गर्दै आफ्नो नीजी वकिलमार्फत् पाकिस्तानी सरकारलाई निवेदन दिएका थिए। 

मुशर्रफ सन् १९९९ मा भएको सैन्य ‘कू’ पछि पाकिस्तानका दशौं राष्ट्रपति भएको थिए। उनी सन् १९९८ देखि २००१ सम्म पाकिस्तानको ज्वाइन्ट चिफ अफ स्टाफ कमिटी ९सीजेसीएससी० को १० औं अध्यक्ष र सन् १९९८ देखि २००७ सम्म सातौं शीर्ष जनरलको रूपमा काम गरेका थिए।