मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १४ मंगलबार
  • Tuesday, 28 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १७ मंगलबार ११:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १७ मंगलबार ११:१०:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्रीलाई भेटेका हुन् ।

नेपाली नागरिकताको मुद्दामा सर्वोच्च अदालतको फैसलासँगै लामिछानेले सांसद र उपप्रधान एवं गृहमन्त्री पद गुमाएका थिए । सोसँगै गृह मन्त्रालय प्रधानमन्त्रीले सम्हालेका छन् ।

लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएसँगै रास्वपाले पुनः गृह मन्त्रालय दाबी गरिरहेको छ । तर, प्रचण्ड दोहोरो राहदानीको विवाद  समाधानपछि मात्र निर्णय गर्नुपर्ने पक्षमा छन् ।