मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १४ शनिबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १४ शनिबार १७:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुखको कार्यालय नै ‘हाइज्याक’ भयो : वरिष्ठ अधिवक्ता त्रिपाठी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १४ शनिबार १७:१o:oo

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुखको कार्यालय पनि हाइज्याक भएको बताएका छन्। 

शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापन‍ अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले सरकारमा सहभागी हुनबाट रोक्ने हेतु नेकपा एमालेले हतारमा सभामुखसँग मिलेमतो गरेर कांग्रेसलाई प्रतिपक्ष दलको दर्जा दिन लगाइएको बताए। उनले नेकपा एमाले र सरकारले सभामुखसँग चाँडोभन्दा चाँडो कांग्रेसलाई प्रतिपक्षमा धकेल्न लगाएको बताए। 

उनले संसद्लाई राष्ट्रिय पञ्चायतजस्तो बनाइएको आरोप लगाए। संसदमा कुनै पनि प्रतिपक्ष नरहेको जिकिर गर्दै संसद्लाई सत्तापक्ष नै बनाउनु भनेको संसदीय प्रणालीको मूल मर्म र आत्मामाथिको प्रहार भएको उनको तर्क थियो। 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो भूमिकाले अवसर खोज्ने कुरामा मात्रै पार्टीहरू केन्द्रित भएको पुष्टि गरे। उनले राजनीतिक पार्टीहरू एजेन्डा र विचारविहीन भइसकेको बताउँदै पार्टीहरूलाई दासहरूको कुम्भ भेलाको संज्ञा दिए।