१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ५ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका विराटनगर
२o७९ माघ ५ बिहीबार १७:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगो ताप्ने क्रममा जलेर ८० वर्षीया वृद्धाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७९ माघ ५ बिहीबार १७:११:oo

निरन्तर चलिरहेको शीत लहरको जाडो छल्न आगो ताप्ने क्रममा जलेर विराटनगरमा एक वृद्धाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका– १० लालिगुराँस चोकमा बिहीबार बिहान आगो ताल्ने क्रममा जलेर स्थानीय ८० वर्षीया देवी यादवको मृत्यु भएको हो। मोरङ प्रहरीका अनुसार बिहीबार घरभित्रको फलामको मकलमा आगो ताप्ने क्रममा बिहान साढे ७ बजे अचानक लुगामा आगो सल्किँदा वृद्धाको जलेर मृत्यु भएको हो।

छोरा धीरेन्द्र बिहान दूध लिन गएका र आफन्तहरू घरभित्रै भएको अवस्थामा बाहिर आगो ताप्ने क्रममा उनको शरीरमा आगो सल्किएको थियो। उनलाई बचाउने प्रयास भए पनि ‘स्पट डेड’ भएको प्रहरीको भनाइ छ।

सप्तरीको बोदेबर्साइन मूल घर भएकी वृद्धाको शवलाई पोस्टमार्टमपछि दाहसंस्कारका लागि आफन्तले उतै लगेको प्रहरीले जनाएको छ।