मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ३ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ माघ ३ मंगलबार १५:१३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइएमई–पेबाट मोबाइल रिचार्जमा पाँच प्रतिशत क्यास ब्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ माघ ३ मंगलबार १५:१३:oo

आइएमई पेले मोबाइल रिचार्जमा पाँच प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ । पुस ३० गतेबाट पुनः सुरु गरिएको अफरअन्तर्गत प्रयोगकर्ताले आइएमई पे एप दर्ता गरेको मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा पाँच प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाइल नम्बरमा रिचार्ज गर्दा दुई प्रतिशत क्यासब्याक पाउनेछन् ।

यस अफरको नियम तथा सर्तस्वरूप हरेक प्रयोगकर्ताले एक महिनाको समय अन्तरालमा आफ्नो मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रु. १०० क्यासब्याक र अरू मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रु. १०० क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।